धनकुटा साँगुरीगढीमा निर्वाचनमा खटिएकी कर्मचारी ३५ वर्षीया पवित्रा लिम्बूको मृत्यु



धनकुटा । धनकुटा जिल्ला साँगुरीगढीमा खटिएकी कर्मचारीको मृत्यु भएको छ । साँगुरीगढी गाउँपालिका–३ सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बूको शुक्रबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा अचानक बेहोस भइ ढलेकी लिम्बूलाइ उपचारका लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

 

 

 

 

 

सम्बन्धित समाचार