‘जुरेली’ सार्वजनिक



संखुवासभा । द भोइस अफ नेपालबाट बाहिरिएपछि गायक परेश राईको गीतहरु निरन्तर बजारमा आईरहेको छ । मंगलबार गायक राईको श्वर समेटिएको जुरेली गीत सार्वजनिक भएको छ । संखुवासभा कै आशा ‘अस्मी’ र राईको श्वरमा गीत सार्वजनिक भएको हो । चर्चित संगीतकार जीवीहाङ राईले संगीत गरेको गीतको स्टुडियो भिडियो बजारमा आएको छ ।

पदम साधाना कुलुङको शब्द रहेको उक्त गीत खेवाहाङ मेवाहाङले निर्माण गरेका हुन् । पुर्वेली लवजमा तयार भएको गीत नागरिक चासो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । मेवाहाङका स्वर्गीय आमा धनकुमारी मेवाहाङको सम्झनामा गीत निर्माण गरेको उनले जनाएको छ । काठमाण्डौ स्थित एलेभर स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो जस्केलो क्रिएसनले बनाएको हो ।

यस गीतको संगीत संयोजन (एरेञ्ज) पनि संगीतकार जीविहाङ राईले नै गरेका हुन् । गीतको मिक्सिङ मास्टरिङ गोविन्द सोनीले गरेका छन् । सञ्जीव मैनालीले बाँसुरी बजाएका छन् भने मादल अनिल मगर र गितार तथा गितको रेकर्डिङ सुबास कुथुनी राईले गरेका छन् । गीतको सर्वाधिकार नागरिक चासो मल्टिमिडिया प्रा.लि.लाई रहेको छ ।

 

सम्बन्धित समाचार