प्रदेश १ स्तरिय पुरुष भलिबल प्रतियोगिता सङ्खुवासभामा सुरु



खाँदबारी । सङ्खुवासभामा जिल्ला स्तरीय रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुर्य आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रदेश १ भित्रका जिल्ला स्तरीय भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको हो ।

प्रतियोगितामा प्रदेश १ का उदयपुर र सोलुखुम्बु बाहेकका १२ जिल्लाका सहभागीता रहेको छ । सुर्य आवासीय माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगीता माघ २१ सम्म सञ्चालन हुनेछ ।

प्रतियोगीताको विजेताले २ सय १० तोलाको चाँदीको शिल्ड, १ लाख ११ हजार १११ रुपैयाँ नगद र ३ तोलाको चाँदीको मेडल प्राप्त गर्नेछन् । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद र २ तोलाको मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा तेश्रो हुनेले ३३ हजार ३३३ रुपैयाँ नगद तथा १ तोला चाँदीको मेडल र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । सहभागी खेलाडीहरुलाई यातायात तथा खानाको ब्यवस्था गरिएको छ ।

२०५८ बाट जिल्ला भित्रका खेलाडीहरुमा मात्र समावेश गरि सुरु गरिएको रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०७१ बाट पुर्वाञ्चाल भित्रका जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिएको थियो । यस प्रतियोगिता २०७४ बाट भने प्रदेश १ भित्रका जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिदै आएको आयोजक सुर्य माविका अध्यक्ष नारायण श्रेष्डले जानकारी दिनुभयो । यस आयोजनाबाट भलिबल खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार