प्रदेश स्तरीय रेजिना कप भलिबलको उपाधी ओखलढुंगालाई



खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न १ नं‍. प्रदेश स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधी ओखढुंगाले जीतेकाे छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीतामा फाइनलमा भोजपुरलाई हराउँदै ओखलढुंगा विजेता बनेको हो ।

फाइनल खेलमा भोजपुरसंग ३–१ अन्तरले ओखलढुंगाले जित हात पारेको हो । पहिलो सेट जितेका ओखलढुंगालाई दोस्रो सेटमा भोजपुरले हराएको थियो । त्यसपछि लगातार दुई सेट ओखलढुंगाले जितेको थियो ।

प्रतियोगितामा सर्वोकृष्ठ खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाईकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारीका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सरभर बालकुमार रायमाझी घोसित भए ।

सनिबार भएको खेलमा खोटाङलाई सोझो सेटमा हराउँदै झापा तेस्रो भएको छ । विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद, २१० तोला चाँदीको शिल्ड र ३,३ तोला चाँदीको मेडल प्राप्त गरे । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ ट्रफि र २,२ तोला चाँदीको मेडल प्राप्त गरेका थिए ।

१८ गतेदेखि सुरु भएको खेलमा प्रदेश १ का १२ जिल्ला र एक आयोजक टिमसहित १३ टिम सहभागी थिए । सहभागीलाई खान बस्नको व्यवस्था गरिएको यो खेल २०७१ सालदेखि प्रत्येक २,२ बर्षकाे अन्तरमा आयाेजना गरिदै आएकाे छ । सुर्य सेकेन्डरी बोर्डिङ स्कुलले आयोजना गरेको भलिबल प्रतियोगीता पुर्वी नेपालको ठुलो खेलको रुपमा लिईन्छ ।

सम्बन्धित समाचार