थुलुङ दुधकाेशीमा यसरी सुरु भयाे चाैंथाे अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद (फोटाे फिचर)



साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकामा सप्ताह ब्यापी खेलकुद ‘कुम्भ’ साेमबारबाट पालिकाकाे खेल ग्राम मैदेलमा सुरु भएकाे छ । थुलुङ दुधकाेशी गाउँपालिकाकाे आयाेजनामा चाैंथाे अध्यक्ष कप भलिवल प्रतियाेगीता र राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियाेगिताकाे उद्घाटन गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष असिम राईकाे अध्यक्षतामा आयाेजित उद्घाटन कार्यक्रममा प्रदेश १ सरकारका सामाजिक विकाश मन्त्री बुद्धिकुमार राजभण्डारी प्रमुख अतिथि रहनुभएकाे छ । त्यस्तै, प्रदेश सभा (क) का प्रदेश सांसद गोम्बु शेर्पा कर्ज्याङको पनि उपस्थिति रहेकाे छ । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुकाे उपस्थिती रहेकाे छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगितामा फगुन १ देखि ३ सम्म सञ्चालन हुनेछ भने अध्यक्ष कप भलिवल प्रतियाेगिता फागुन ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयाे । राष्ट्रपति कपमा पालिका भित्रका १० माध्यमिक विद्यालय विच प्रतिस्पर्धा हुनेछ । खेलकुद कार्यक्रमकाे अवसरमा चर्चित कलाकारहरुकाे प्रस्तुती समेत रहनेछ ।

हेराैं उद्घाटन समाराेहकाे केहि तस्विरहरु । तस्विर साभार: हिमाल एफ एम

सम्बन्धित समाचार