चिचिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियाेगिता सुरु



चिचिला । चिचिला गाउँपालिकाकाे पञ्चकन्य आधारभुत विद्यालयकाे खेलमैदानमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिकाकाे आयाेजना तथा ब्यवस्थापनमा बुधबारबाट प्रतियाेगिता सुरु भएकाे हाे ।

प्रतियाेगितामा पालिका भित्रका ४ माध्यमिक विद्यालयकाे सहभागिता रहेकाे छ । यस पटक छात्र र छात्रा दुवै तर्फ १५/१५ खेल खेलाईने विद्यालय सुपरिवेक्षेक महेन्द्र राईले जानकारी दिनुभयाे । प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडिहरुलाई जिल्ला स्तरीय प्रतियाेगितामा पठाईने उहाँले बताउनुभयाे ।

प्रतियाेगिता शुक्रवार सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार