चिचिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि धर्मदेवी माविलाई



चिचिला । चिचिला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगीताकाे उपाधि धर्मदेवी मावि चिचिला ५ ले जितेकाे छ । जम्मा ३० मध्य १० स्वर्ण जित्दै धर्मदेवी प्रथम बनेकाे हाे ।

धर्मदेवीले ४ रजत र ७ कास्य पदक जितेकाे छ । प्रतियाेगिताकाे दाेश्राे स्थान जालपा मावि चिचिला ३ ले जितेकाे छ । जालपाले ९ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेकाे छ । त्यस्तै सरस्वती मावि चिचिला ४ बलाैटेले तेश्राे स्थान हात पारेकाे छ । सरस्वतीले ६ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेकाे छ । प्रतियाेगिताकाे चाैंथाे तथा अन्तिम प्रभात मावि चिचिला २ ले ५ स्वर्ण, ११ रजत र १० कास्य पदक जितेकाे छ ।

प्रतियाेगिता फागुन ३ बाट सुरु गरिएकाे थियाे । जम्मा ४ माध्यमिक विद्यालयहरु विच आयाेजना गरिएकाे प्रतियाेगितामा महिला र पुरुष गरि १५ विधामा ३० खेल खेलाईएकाे थियाे । साेहि खेलहरुमा जिल्लामा आयाेजना गरिने प्रतियाेगितामा सहभागी गराईने चिचिला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..