वाना भलिबल: पुरुष तर्फ माेति युथ क्लव र महिला तर्फ आमचाेक गाउँपालिका विजयी



खाँदबारी । पाँचखपन नगरपालिकाकाे वानामा सम्पन्न खुल्ला तेश्राे भलिबल रनिङ शिल्डकाे उपाधि माेती युथ क्लव पाँचखपनले जितेकाे छ । पालिका स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधी भने आमचाेक गाउँपालिका भाेजपुरले जितेकाे छ ।

पुरुष भलिबल तर्फ पिटिभिसि क्लव झापालाई साेझाे सेटमा हराउँदै माती युथ क्लव विजेता बनेकाे हाे । माेतिकाे याे तेश्राे लगातार जित हाे । माेती युथ क्लवसँग पराजित बनेकाे पिटिभिसिले दाेश्राे स्थानमा चित्त बुझाउनु परेकाे छ । प्रतियाेगिताकाे तेश्रा वाना युथ क्लव र चाैंथाे पाँचखपन नगरपालिका बनेका छन् ।

विजेता माेती युथ क्लवले शिल्ड, मेडल, प्रमाण पत्र सहित नगद ३ लाख ३६ हजार ६६६ रुपैयाँ प्राप्त गरेका छन् । द्वितीय पिटिभिसिले शिल्ड, मेडल र प्रमाणपत्र सहित १ लाख ७७ हजार ७७७ रुपैयाँ प्राप्त गरेका छन् भने तृतीय बनेकाे वाना युथ क्लवले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७७ हजार ७७७ रुपैयाँ प्राप्त गरेका छन् । वाना युथ क्लवसँग पराजित भई सान्त्वना स्थानमा रहेका पाँचखपन नगरपालिकाले ३३ हजार ३३३ रुपैयाँ नगद प्राप्त गरेका छन् ।

महिला तर्फ दमक नगरपालिका झापालाई हराउँदै आमचाेक गाउँपालिका भाेजपुर विजेता बनेकाे हाे । तेश्राे स्थानकाे लागि पाँचखपन नगरपालिका र सिलिचाङ गाउँपालिका विच भएकाे खेलमा पाँचखपन विजयी बनेकाे हाे । पाँचखपनसँग पराजित बनेकाे सिलिचाेङले चाैंथाे स्थानमा चित्त बुझाउनु परेकाे छ ।

महिला तर्फकाे विजेता आमचाेकले मेडल, प्रमाणपत्र र शिल्ड सहित नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गरेका छन् । द्वितीय हुने दमक नगरपालिकाले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३१ हजार १११ रुपैयाँ हात पारेका छन् । तृतीय हुने पाँचखपनले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद २१ हजार १११ पाउँदा सान्त्वना हुने सिलिचाेङले नगद ११ हजार १११ रुपैयाँ प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार