चिचिलाकाे ‍‍‍ ४ खालिङ गाउँमा लगाउन थालियाे  कृषि बजार



खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर ४ स्थीत खालिङ गाउँमा कृषी बजार लगाउन थालिएकाे छ । साेमबारबाट चिचिला गाउँपालिकाकाे कृषि उपज खरिद विक्रि तथा संकलन गर्ने उद्देश्यका साथ खालिङ गाउँ (जिराे पाेईन्ट) मा कृषि बजार लगाउन सुरु गरिएकाे हाे ।

यहाँ १५ दिनकाे अन्तरमा बजार लगाउने गरि कार्यविधि निर्माण गरि साेमबारबाट कृषि बजार लगाउन सुरु गरिएकाे चिचिला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । यहाँ महिनाकाे पहिलाे साताकाे साेमबार र तेश्राे साताकाे साेमबार हाट लाग्ने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयाे । याे हाट स्थल वडा नम्बर ५, ४ र १ काे मध्य भागमा पर्छ ।

यहाँका कृषकहरुले उत्पादन गरेकाे अर्गानिक कृषि उपज हाटमा विक्रि गर्ने र यहाँ विक्रि नभएकाे उपजलाई नजिकैकाे बजारमा कृषि सहकारीले संकलन गरेर पठाउने गरि कार्यविधि निर्माण गरिएकाे वडा अध्यक्ष तामाङले बताउनुभयाे । कृषि बजारमा संकलन भएकाे तरकारी बजारसम्म पुर्याउनकाे लागि गाउँपालिकाले ढुवानी अनुदान दिने उहाँले बताउनुभयाे । थाेरै परिमाणमा उत्पादन हुने तरकारीहरु संकलन गरेर बजारमा पठाउदा लाग्ने ढुवानीमा पालिकाले अनुदान दिन लागेकाे उहाँले बताउनुभयाे ।

चिचिला गाउँपालिकामा तरकारीकाे बजार राम्राे रहेकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयाे । चिचिला गाउँपालिका हुँदै उत्तर दक्षिण काेशी राजमार्गबाट सवारी आवागमन हुने भएकाेले ढुवानीमा समस्या नहुने शेर्पाकाे भनाई छ । चिचिला गाउँपालिकामा नै देशकै ठुलाे आयाेजना अरुण तेश्राे निर्माणाधिन रहेकाेले त्यहाँ पनि खपत हुने गरेकाे उहाँले बताउनुभयाे ।

मुख्य गरि तरकारीकाे राम्राे बजार भएकैले कृषकहरुलाई अनुदान दिएर उत्पादन बढाउन प्राेत्साहन गर्दै आएकाे शेर्पाले बताउनुभयाे । थाेरै मात्रामा उत्पादन हुने तरकारीहरु बजारसम्म पुर्याउन समस्या भएकाेले कृषि बजार तथा संकलनकाे अवधारणा ल्याईएकाे उहाँले बताउनुभयाे ।

कृषि बजार लगाउनका लागि स्थानीय गंगाकुमार राई र लाक्पा शेर्पाले निशुल्क जग्गा उपलब्ध गराएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताउनुभयाे । उक्त जग्गामा केहि भाैतिक पुर्वाधार्काे कार्यहरु भईरहेकाे समेत उहाँले बताउनुभयाे ।

सम्बन्धित समाचार