मादीमा हुने ब्याटमिन्टन प्रतियाेगिता सर्याे, चैत ४ देखि ६ गतेसम्म सञ्चालन हुने



खाँदबारी । सङ्खुवासभाकाे मादी नगरपालिकाकाे आयाेजनामा यहि फागुन २८ बाट सुरु हुने राष्ट्रब्यापी ब्याटमिन्टन प्रतियाेगिता एक हप्ता पछाडि सारिएकाे छ । उक्त प्रतियाेगिता चैत ४ देखि ६ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएकाे छ ।

पुर्व निर्धारित मितिमा ब्यवस्थापकीय तयारी पुरा नभएकाेले एक हप्ता सार्नु परेकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयाे । खेल मादी नगरपालिकाकाे कभर्ड हल भित्र खेलाईउने र उक्त हल भित्रकाे ब्यवस्थापनमा थप समय लाग्ने भएकाेले खेल एक हप्ता पछि सारिएकाे उहाँले जानकारी दिनुभयाे ।

याे प्रतियाेगिता देशकै एक उच्च स्तरीर प्रतियाेगिता हाे । यस प्रतियाेगितामा राष्ट्रिय स्तरमा खेल्दै आएका खेलाडीहरुकाे समेत सहभागीता रहने आयाेजकले जनाएकाे छ ।

पालिकाले खुल्ला पुरुष, खुल्ला महिला र खुल्ला भेट्रान्स (४५ बर्ष भन्दा माथीका) गरि ३ विधामा डबल ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यस बर्ष खुल्ला पुरुष तर्फको विजेताले नगद ७५ हजार, उपविजेताले ५० हजार र सेमी फाईनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले १५,१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला महिला ब्याटमिन्टन तर्फ विजेताले ४५ हजार, उपविजेताले ३० हजार र सेमिफाईनलमा प्रवेश गर्ने बाँकी दुवै टिमले १०,१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्स तर्फको विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले नगद २५ हजार र सेमिफाईनलमा खेल्ने बाँकी दुवै टिमले ८,८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त पुरस्कार रकममा कर कट्टा नगरिने पत्रकार सम्मेलनमा बताईएको छ ।

प्रतियाेगिताकाे उपाधी विजेता तथा सेमिफाईनलमा प्रवेश गर्ने (तेश्राे हुने) ले शिल्ड, मेडल र प्रमाण पत्र समेत प्राप्त गर्नेछन् ।

 

सम्बन्धित समाचार