सुन र चाँदीको मूल्य घट्यो



काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन एक लाख एक हजार ५ सय, तेजावी सुन एक लाख एक हजार र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित समाचार