संखुवासभा : राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न, कुन पालिका कुन स्थानमा ?



खाँदबारी । संखुवासभा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएकाे छ । विहिबार सम्पन्न प्रतियाेगितामा खाँदबारी नगरपालिका प्रथम भएको छ ।

२७ स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित खाँदबारी नगरपालिका प्रथम भएको हो । त्यस्तै द्वितीय धर्मदेवी नगरपालिका भएको छ । ९ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित धर्मदेवी दोस्रो भएको हो ।

त्यस्तै ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक ल्याएर सभापोखरी गाउँपालिका तेस्रो भएको छ । चाैंथाे स्थानमा रहेकाे चैनपुर नगरपालिकाले ३ स्वर्ण, १ रजत र ५ काश्य पदक जितेकाे छ । २ स्वर्ण, ४ रजत र २ काश्य पदक जितेकाे पाँचखपन नगरपालिका पाँचाैं स्थानमा सिमित बनेका छ ।

छैटाैं स्थानमा रहेकाे चिचिला गाउँपालिकाले १ स्वर्ण, २ रजत र ५ काश्य पदक प्राप्त गरेका छन् । साताैं स्थानमा रहेकाे मकालु गाउँपालिकाले १ स्वर्ण, २ रजत र १ काश्य पदक जितेकाे छ ।

१ स्वर्ण, १ रजत र २ काश्य पदक जितेकाे धर्मदेवी नगरपालिका आठाैं स्थानमा रहँदा ३ काश्य र १ रजत पदक मात्र जितेकाे भाेटखाेला नवाैं स्थानमा सिमित रहे । १ काश्य पदक मात्र जितेकाे सिलिचाेङ गाउँपालिका दशाैं स्थानमा रहेकाे छ ।

मंगलबार प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास वोर्डका सदस्यसचिव हंसराज वाग्ले लगायतको उपस्थितीमा खेल उद्घाटन भएको थियो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगीता खाँदबारी रंगशालामा सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार