तीन महत्वपुर्ण निर्णय गर्दै सङ्ग्रीला उर्जा प्रालिकाे बार्षिक साधारणसभा सम्पन्न



काठ्माण्डाै । सांग्रीला उर्जा प्रालिकाे चाैंथाे बर्षिक साधारणसभा सम्पन्न भएकाे छ । साेल्टी हाेटल काठ्माण्डाैमा आज साधारणसभा सम्पन्न भएकाे हाे ।

साधारणसभाले ३ वटा महत्वपूर्ण निर्णय गरेकाे छ । प्रालिले सङ्खुवासभामा निर्माण गर्न लागेकाे छुजुङ खाेला जलविद्युत परियाेजनाकाे लागि घलेम्दी जलविद्युत आयाेजनाकाे ५१ प्रतिशत शेयर स्वीकृत गर्ने निर्णय पारित गरेकाे छ । छुजुङ खाेला जलविद्युत आयाेजनाकाे लागि घलेम्दीले १ सय १० कराेड रकम लगानी गर्न लागेकाे हाे ।

त्यस्तै, साङ्ग्रीला उर्जा प्रालिलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न साधारण सभाले निर्णय पारित गरेकाे छ भने कम्पनीकाे पुँजी बृद्धि गर्ने निर्णय पनि पारित गरिएकाे छ । साधारणसभाले अधिकृत र चुक्ता पुँजी २, २ अर्ब पुर्याउने निर्णय पारित गरेकाे हाे ।

 

 

सम्बन्धित समाचार