धनकुटामा शिक्षकको फुटबल प्रतियोगिता हुने



धनकुटा । धनकुटामा विद्यालय स्तरीय शिक्षक फुटबल प्रतियोगिता हुने भएको छ । धनकुटा–७ स्थित नव जागृति युवा क्लबले यही जेठ २५ देखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो ।

सो क्लबले  धनकुटामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी दिएको हो ।

प्रतियोगितामा धनकुटा नगरपालिकाका ९ विद्यालय तथा पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका एकरएक विद्यालयका गरी ११ टिम सहभागि हुने प्रचारप्रचार समिति संयोजक सफल राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् ।

सम्बन्धित समाचार