पाैडीबाज गौरिकाले बनाईन नयाँ राष्ट्रिय कीर्तिमान



काठमाडौं । नेपाली पाैडीवाज गाैरिका सिंहले जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३ औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

गौरिकाको यसअघिको भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाएकी थिइन् ।

सम्बन्धित समाचार