दशैं लगत्तै सिलीचोङमा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता हुने



खाँदबारी । सिलीचोङ गाउँपालिकामा अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ताम्कुले सांगितीक तथा खेलकुद विकास समितिको अयोजनामा आगामी कार्तिक २० गतेबाट ताम्कुमा भलिबल प्रतियोगिता हुने भएकाे हाे ।

प्रतियाेगितामा देशै भरिका पालिकाहरुबाट सहभागी हुन सकिने गरि आयाेजना गर्न लागिएकाे हाे । पालिकालाई खेल पर्यटनकाे माध्ययबाट टेवा पुर्याउने उद्देश्यका साथ पालिका स्तरीय भलिबल प्रतियाेगिता सुरु गर्न लागेकाे समितिका अध्यक्ष उमेश चाम्लिङले जानकारी दिनुभयाे ।

प्रतियाेगिताकाे विजेताले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने सोमि फाइनलमा खेल्ने दुवै टिमले २०, २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियाेगिताकाे समापनको दिन (कार्तिक २४ गते) मेरो भोइस युनिभर्स फाइनलिष्ट परेश राईको उपस्थितीमा सांगितिक कार्यक्रम हुनेछ ।

सम्बन्धित समाचार