कार्तिक २० देखि मानेभञ्जयाङ्गमा आमन्त्रित फुटबल प्रतियाेगिता हुँदै



खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङ्गकाे आयाेजनामा कार्तिक २० देखि आठाैं अरुण भ्याली आमन्त्रित फुटबल प्रतियाेगिता हुने भएकाे छ । महेन्द्र माध्यमिक विद्यालयकाे खेलमैदानमा प्रतियाेगिताकाे आयाेजना  गरिने भएकाे हाे ।

प्रतियाेगितामा जिल्ला भित्र र बाहिरकाे गरि १२ टिमकाे सहभागिता रहने बताईएकाे छ । खेलमा एड्भान्स क्लब मानेभञ्जयाङ्ग (आयाेजक), लाेहाेरुङ क्लव पाङ्मा, खाँदबारी युथ क्लव खाँदबारी, तुम्लिङटार स्पाेर्टिङ्ग क्लव तुम्लिङटार, मिर्मिरे युवा क्लव तामाफाेक, अरुण एड्भान्स क्लव काठ्माण्डाैंकाे सहभागिता रहनेछ ।

त्यस्तै, सेकाहा सामुदायिक क्लव साेकाहा, सित्तलपाटी फुटबल क्लब सित्तलपाटी, काेसी प्रदेश प्रहरी टिम, तीनपाेखरी समाज विकास क्लव खाँदबारी, पञ्चकन्य क्लव धर्मदेवी र सभापाेखरी फुटबल क्लव सभापाेखरीकाे सहभागिता रहनेछ ।

प्रतियाेगिताकाे विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियाेगिहरुलाई उनिहरुकाे उपस्थितिकाे आधारमा ब्यवस्थापन खर्च उपलब्ध गराईने मेदिनी घिमिरेले जानकारी दिनुभयाे ।

यस पटककाे प्रतियाेगितामा दर्शकहरुकाे लागत सहभागिता (टिकट) गराईने एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयाे । खेलमैदान परिषरमा अस्थायी स्टेडियम निर्माण गर्ने र लागत सहभागितामा सहभागि हुनेहरुलाई मात्र प्रवेश गराईले तयारी गरिएकाे अध्यक्ष राईले जानकारी दिनुभयाे । उहाँका अनुसार दर्शकहरुले प्रत्येक दिन टिकट लिनु पर्नेछ । आयाेजनालाई ब्यावसायिक बनाउन यस पटक निम्नतम् मात्र टिकट दर राखिने उहाँले बताउनुभयाे ।

प्रतियाेगिता कार्तिक २५ गते सम्पन्न हुनेछ । प्रतियाेगिताकाे उद्घाटन वा समापन कार्यक्रममा साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने आयाेजकले जनाएकाे छ ।

 

 

सम्बन्धित समाचार