लेबनानमा खटिएका एक नेपाली शान्ति सैनिक घाइते



लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।

लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

घाइते सैनिकको नाम खुलाइएको छैन।

उक्त सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो।

घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ। हाल निजको अवस्था सामान्य रहेको छ।

 

सम्बन्धित समाचार