८ औं अरुण भ्याल्ली फुटबलको उपाधि पञ्चकन्या युथ क्लवलाई



खाँदबारी । सङ्खुवासभाको खाँदबारी–३, मानेभञ्याङमा भएको ८ औं अरुण भ्याली आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या युथ धर्मदेवि नगरपालिकाले हात पारेको छ । शुक्रबार भएको खेलमा तीनपोखरी क्लबलाई ३–२ गोले हराउँदै पञ्चकन्या विजयी भएको हो ।

पञ्चकन्या शुसिल राई, निरज परियार र विवेक राई गोल गरेका थिए भने तीनपोखरीका बसन्त राई र नाइजेरियाका खेलाडी फेजालले १/१ गोल गरेका हुन् । पहिलो हाफमा १/१ गोल बारी रहेपनि दोस्रो खेलमा पञ्चककन्याले २ र तीनपोखरीले १ गोल थपेका हुन् ।

बिहीबार भएको सेफिफाइनल खेलमा मिरमिरे क्लबलाई हराउदै तीनपोखरी क्लब फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलको दोस्रो खेलमा खाँदबारी युथ क्लब र पञ्चकन्या क्लब बीच भएको खेलमा पञ्चकन्याले खाँदबारीलाई १ गोल गरे पञ्चकन्या फाइनलमा प्रवशे गरेको हो ।

उपाधि सँगै पञ्चकन्याले विजेताले नगद २ लाख सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता तीनपोखरीले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ । सेमिफाइनलिष्ट खाँदबारी युथ कल्ब र मिरमिरे क्लबले २५/२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

मिरमिरे युवा क्लबका शुसिल राई सर्वोत्कृृष्ट खेलाडी र राजेश खड्का सर्वोत्कृृष्ट गोल रक्षक घोषित भएको छन् । प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले नगद तथा ट्रफी वितरण गरे ।

सोमबारबाट सुरु भएको प्रतियोगितामा प्रदेश प्रहरी क्लब सहित १२ टिमको सहभागिता रहेको थियो । महेन्द्र मावि, खाँदबारी नगरपलिका–३, मानेभञ्ज्याङको खेलमैदानमा भएको प्रतियोगिताको आयोजना एडभान्स क्लब मानेभञ्याङले आयोजना गरेको हो । प्रतियोगिताको अवसरमा एड्भान्स क्लबले ईश्वर घिमिरे र प्रकाश अधिारीलाई अभिनन्दित तथा सम्मान समेत गरेको छ ।

सम्बन्धित समाचार