नेपाली राष्ट्रिय फुटबल टोलीमा पोर्चुगलका हमाल छनौट



लिस्वन । पोर्चुगलमा व्यवसायिक फुटबल खेल्दै आएका निशान हमाल नेपाली राष्ट्रिय फुटबल टोलीमा छनौट भएका छन् ।

विश्वकप छनौटको दोस्रो चरणको युएई विरुद्धकाे खेलका लागि हमाल छनौट भएका हुन् । नेपाल प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले निशानलाई मिडफिल्डरका लागि रोजेका हुन् ।

लिस्बनमा स्थापना भएको नेपाली समूदायको फुटबल क्लब नेपजम एफसीबाट खेल्दै आएका हमाल बागलुङ निवासी हुन् ।

लामो समयदेखि परिवारसहित पोर्चुगलमा बस्दै आएका उनको मुख्य भूमिकामा क्लबले गत वर्षको पोर्चुगलको फ्रेण्डसिप लिग जितेका थिए । त्यसैगरी क्लबले नेदरल्याण्ड, बेल्जियम, स्पेन लगायत देशहरुमा सञ्चालन भएका प्रतियोगिताहरुको उपाधि समेत जितेका छन् ।

सम्बन्धित समाचार