दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो



विराटनगर । इलामको रोङ गाउँपालिकाकाे  किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।

घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै की मनवती लामा र  शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

मनवतीको उपचारको क्रममा हिंजो राती  मृत्यु भएको हो भने तामाङको आज बिहान  मृत्यु भएको हो । अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो ।

सम्बन्धित समाचार