मत्स्यपाेखरी मेला प्रवर्धन गर्न चिचिलाले दियाे स्थानीय बिदा



खाँदबारी । हरेक बर्षकाे कार्तिक शुक्ल पुर्णिमामा लाग्ने मत्स्य बजारकाे प्रवर्धन गर्न चिचिला गाउँपालिकाले स्थानीय बिदा दिएकाे छ । मंसिर ११ गते मत्स्यपाेखरी क्षेत्रमा लाग्ने उक्त मेलाकाे अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएकाे हाे ।

उक्त दिन पालिका भित्रका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् । चिचिला गाउँपालिका ४ स्थित मत्स्यपाेखरी क्षेत्रमा लाग्ने मेलामा धेरै भन्दा धेरैकाे उपस्थिति गराउने उद्देश्यका साथ स्थानीय विदा दिईएकाे गाउँपालिकाले जनाएकाे छ ।

यस मेलाकाे अवसरमा मत्स्यपाेखरी परिषरमा स्थानीय क्लवले भलिबल प्रतियाेगिताकाे आयाेजना गरेकाे छ । उक्त आयाेजना मेलाकै दिन समापन हुनेछ ।

मेलाकाे पुर्व सन्ध्यामा मत्स्यपाेखरी क्षेत्रलाई थप आकर्षक बनाईएकाे छ । पाेखरी परिषरकाे रेलिङमा १०८ वटा नेपाली झण्डा राखिएकाे छ भने त्यस क्षेत्रमा सेन्सर सहितकाे साेलार बत्ति जडान गरिएकाे छ ।

मेलाकाे अवसरमा मत्स्यपाेखरीकाे भ्रमणकाे लागि सम्पूर्णलाई गाउँपालिकाले आव्हान गरेकाे छ ।

हेराैं नेपाली झण्डा राख्नु पुर्वकाे केहि दिन अघिकाे मत्स्यपाेखरी क्षेत्रकाे भिडियाे ।

 

 

सम्बन्धित समाचार