गायन प्रतियाेगिता ‘पूर्वी स्टार २०८०’ हुँदै



खाँदबारी । नेपालमा संचालन भईरहेका ठुल्ठला गायन प्रतियोगिताको पहुचमा नपुगेका प्रतिभाहरुको लागी “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिने भएको छ । ओझेलमा परेका प्रतिभाहरुको लागि अवशर बनाउने लक्ष्यका साथ “पुर्वी स्टार गायन प्रतियोगिता” संचालन गर्न लागिएकाे हो ।

हाङ अनलाईन म्यूजिक प्रालिले मङ्गलबार खाँदबारीमा पत्रकार सम्मेलन गरेर पूर्वी स्टारको अडिसन पुष १ गतेबाट सुरु हुने र अनलाईन आवेदन भने मंसिर २५ गतेसम्म लिईने आयोजकले जनाएको छ । ईच्छुकले सहभागिताको लागि आवेदन ह्वाटस् एप नम्बर ९८४२४२६२०६ वा ९८६९७५५२५५  मा दिन सक्नेछन् । सहभागिताको लागि आवेदन शुल्क एक हजार रुपैयाँ लाग्ने र सो रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरि शुल्क तिरेको स्कृनसर्ट पठाउनु पर्ने हुन्छ ।

पहिलो चरणको अडिसन अनलाईन मार्फत हुनेछ र अडिसनका लागि ह्वाटस् एपमा गित गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ । त्यसैगरि भारतबाट ९१७६७९६२२९८५ मा ह्वाटस् एप गर्न सकिने छ ।

पहिलो अडिसनबाट छनौटमा परेका सहभागिले दोस्रो चरणको लागि ट्राकमा गित गाएर भिडियो अनलाईन मार्फत नै पठाउनु पर्ने र त्यस मार्फत पनि छनौैटमा पर्ने सहभागीले सुनसरीको धरानमा गई प्रत्यक्ष सहभागिता जनाउनुपर्ने छ ।

कार्यक्रम निर्देशक टिआर लिम्बुले पूर्वी स्टारको बिजेताले नगद रु. ४ लाखको साथमा सुनको सिक्रि १ थान, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने बताए । उनका अनुसार द्वितीय हुनेले नगद १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तृतीयले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । तेस्रो चरण (लाईभ राउण्ड) देखि प्रत्येक राउण्डका उत्कृष्टले एक/एक थान गिटार प्राप्त गर्नेछन् ।

यस प्रतियाेगिताकाे निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगितकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन् । पूर्वी स्टारमा संसार भरका नेपालीहरुले सहभागिता जनाउन पाउनेछन् ।

सम्बन्धित समाचार