रवि लामिछानेले विदेश जान अदालतको अनुमति लिनु नपर्ने



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेले विदेश जान अदालतको अनुमति लिनु नपर्ने भएको छ ।

उक्त मुद्दामा चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएकामा उच्च अदालत पाटनको हेटौंडा इजलासले विदेश जान अदालतको अनुमति नचाहिने आदेश सुनाएको हो ।

अब लामिछाने अदालतको आदेश नलिए पनि विदेश भ्रमणमा जान सक्ने उनका कानुन व्यवसायी सुनील पोखरेलले जानकारी दिए । त्यसबाहेक उच्च अदालतले अन्य आदेश भने जिल्ला अदालतकै सदर गरेको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का आरोपी युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।

सम्बन्धित समाचार