संखुवासभाकाे भाङ्गटार स्थित पाथीभरा मन्दिरमा मेला लाग्ने



संखुवासभा । संखुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकी स्थल पाथीभरा मन्दिर परिसरमा मेला लाग्ने भएकाे हाे । मसिर २५ गते बाला चतुदर्शीकाे अवसरमा मेला लाग्ने भएकाे हाे ।

पछिल्लाे समय आन्तरिक पर्यटक तथा भक्तजनहरूकाे घुइचाे लागे संगै मेलाकाे तयारी थालिएकाे सिद्धदेवी पाथीभरा संरक्षण संथाले जनाएकाे छ । यहाँबाट पाथीभरा देवीकाे पुजा अर्चनाका साथै मकालु हिमाल लगायतका हिमश्रीङ्खलाहरु प्रत्यक्ष हेर्न पाईन्छ ।

मेलामा विभिन्न देवीदेवताको दर्शन गरि आफ्नो पितृको नाममा शतबीज छरी पुण्य प्राप्ति हुने विस्वास रहेको स्थानीय देवराज पुरीले बताए ।

सम्बन्धित समाचार