त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा लाग्यो आगो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको झोलामा आगो लागेको छ। चीन जान लागेका एक चिनियाँ नागरिक (यात्रु) को झोलामा रहेको पावर बैंक पड्किँदा आइतबार आगलागी भएको हो।

 

विमानस्थलका प्रवक्ता सुवास झाले चीन जाने यात्रुले पावर बैंक जोडेर ल्यापटप चलाउँदा एक्कासी पावर बैंक पड्किएर आगलागी भएको बताए।

आगलागीले ती चिनियाँ यात्रुको झोलामा क्षति पुगेको छ। ती व्यक्ति चाइनिज एयरलाइन्सको फ्लाइटबाट चीनतर्फ गइसकेका छन्।

सम्बन्धित समाचार