साल्पासिलिछाेमा मनाईयाे ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस



खाँदबारी । भाेजपुरकाे साल्पासिलिछाे गाउँपालिकामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएकाे छ । आईतबार गाउँपालिका कार्यालयकाे परिषरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाईएकाे हाे ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अपाङ्गता भएका ब्यक्तिहरू विच सवाल जवाफ तथा अन्तरकृया कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । साल्पासिलिछाे अपाङ्ता मैत्री संस्थाले कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । संस्थाका अध्यक्ष बद्रिबहादुर थापाकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दाैलथ कुलुङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम आयाेजना गरिएकाे हाे ।

कार्यक्रमकाे सुरुवातिमा प्ले कार्ड सहित र्यालीकाे आयाेजना गरिएकाे थियाे । त्यसपछि औपचारिक कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । कार्यक्रममा गाउँपालिका समक्ष विभिन्न ८ शिर्षकमा मागहरु राखिएकाे थियाे । अपाङ्गता भएकाहरुकाे सवै माग जायज रहेकाेले मागहरु पुरा गर्न गाउँपालिका सधै सकरात्मक रहेकाे जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमकाे अवसरमा ४ जना अपाङ्गता भएकाहरुलाई सहायक सामग्री हस्तान्तरण गरिएकाे छ । कान सुन्न समस्या भएका साल्पासिलिछाे ३ का बद्रिमाया राईलाई ईयरमेट उपलब्ध गराईएकाे छ । त्यस्तै वडा नम्बर ३ का पृथ्वीबहादुर राईलाई र वडा नम्बर ५ का लाक्पानरु शेर्पालाई अल्क्यान (टेक्ने लट्ठी) र वडा नम्बर ४ का गाेपीमाया राईलाई बैशाखी उपलब्ध गराईएकाे हाे । गाेपीमाया राईलाई साल्पासिलिछाे गाउँपालिका कार्यालयका ईञ्जिनियर सराेज अधिकारीले सहयाेग गर्नुभएकाे हाे भने अन्य ३ जनालाई गाउँपालिकाले सहायक सामग्री उपलब्ध गराएकाे हाे ।

कार्यक्रममा गाउँपालिकाकाे अपाङ्गता सहायक मनिजर राईले आर्थिक बर्ष २०७९।८० काे संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रम अमर सुन्दासले सञ्चालन गर्नुभएकाे थियाे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अस्मिता राई, वडा नम्बर १ का अध्यक्ष गणेश बुढाथाेकी, वडा नम्बर ३ का अध्यक्ष बिनाेद राई, वडा नम्बर ६ का अध्यक्ष बिक्रम बन सन्यासी लगायतका जनप्रतिनिधिहरु, कर्मचारी, अपाङ्गता भएका ब्यक्ति तथा सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे ।

साल्पासिलिछाे गाउँपालिकामा अपाङ्गता भएकाहरुकाे संख्या ३४४ जना रहेकाे छ । त्यस मध्ये १३८ अपाङ्गता परिचयपत्र पाउन बाँकी रहेकाे बताईएकाे छ ।

सम्बन्धित समाचार