दशाैं पटक पक्राउ परे बिकास राई



खाँदबारी । यस अघि नवाैं पटक पक्राउ परेका चिचिला गाउँपालिका ३ का विकास राई पुन: प्रहरीले पक्राउ गरेकाे छ । स्थानीयलाई कुटपिट गर्ने, ताेडफाेड गर्ने र लागु औषध विक्री वितरण गरेकाे सुचना पछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनलाई खाँदबारी नगरपालिका ७ नमुना टाेलबाट मंसिर १७ गते प्रहरीले पक्राउ गरेकाे हाे । उनकाे साथबाट किरव डेढ किलाेग्राम गाजा समेत बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । उनलाई मंसिर १४ गते चिचिला गाउँपालिका ३ ढाेलबाजे टाेलमा नियन्त्रण गर्ने क्रममा उनकाे साथमा रहेकाे गाजा फालेर भागेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे हाे ।

विकास राई पक्राउ परेकाे विषयमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जारी गरेकाे प्रेस विज्ञप्त यहाँ राखिएकाे छ ।

सम्बन्धित समाचार