मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा कुन शिर्षकमा कत्ति खर्च लाग्छ ?



खाँदबारी । यस बर्षको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सङ्खुवासभामा सञ्चालन हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ सङ्खुवासभाको संयोजनमा फागुन १५ देखि १९ प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा सातवटा प्रदेशका एक एक प्रदेश स्तरीय टिम, नेपाल आर्मी, एपीएफ् र नेपाल प्रहरी टिम सहित १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खाँदबारीमा हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख, द्वितीय पुरस्कार १ लाख ५० हजार, तृतीय पुरस्कार ५० हजार र चौथो पुरस्कार ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीलाई नगद २५ हजार र अन्य ५ विधाका उत्कृष्ठ खेलाडीले जनही दश दश हजार रुपैयाँ प्राप्त गर्ने छन्। । त्यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित गरि नगद र ट्रफी दिईनेछ । आयोजना सञ्चालन गर्न ४२ लाख रुपैयाँ खर्च लाग्ने जिल्ला भलिबल संघ सङ्खुवासभाले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारले नगद २० लाख रुपैयाँ सहयोग गर्ने संघका अध्यक्ष घिमिरे जानकारी दिनुभयो । बाँकी रकम जिल्ला भलिबल संघ सङ्खुवासभाले ब्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । उक्त श्रोत ब्यवस्थापनका लागि जिल्लाका दश वटै स्थानीय तहहरु, संघसंस्था, ब्यापारी तथा ब्यावसायीहरुबाट सहयोग सङ्कलन गरिने घिमिरेले जानकारी दिनुभयो । उक्त रकम सङ्कलनमा सहयोग गर्न समेत सम्बन्धित सवैलाई भलिबल संघले अनुरोध गरेको छ ।

प्रतियोगिता सञ्चालनको लागि आवश्यक रकम बारे जिल्ला भलिबल संघ सङ्खुवासभाका अध्यक्ष मेदिनी घिमिरेले प्रस्तुत गर्नुभएको बिवरण भिडियोमा हेरौं ।

सम्बन्धित समाचार