एडभान्स क्लबले जित्याे ७ औं पाङ्मा कप फुटबलकाे उपाधि (ट्राइब्रेकरकाे भिडियाे सहित)



खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्गामा सम्पन्न ७ औं पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एडभान्स क्लब मानेभञ्याङले हातपारेको छ । आयोजक लोहोरुङले क्लब पांमालाई हराउँदै एडभान्सले उपाधि चुमेको हो ।

निर्धारित समय सम्म २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ठ खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्स विसाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे ।

त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेनन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पुर्यायो । खेलको १३ औं मिनेटमा लोहोङका किरण तामाङ र ४७ औं मिनेटमा एडभान्सका ज्ञानेन्द्र भण्डारीले पहेलो काड पाएका थिए । एडभान्सले भारतको सिक्किमलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी आयोजक लोहोरुङ कोसी पुलिस क्लबलाई ३–० हराउँदै फाइननमा पुगेको हो ।

उपाधि सँगै एडभान्सले नगद एक लाख ५१ हजार सहित ट्रफि हातपारेको छ । त्यसैगरी उपविजेता आयोजक लोहोरुङले नगद ८१ हजार सहित ट्रफिमा चित्त बुझाएको छ । सेमिफाइनलमा पुगेका भारतको सिक्किम र कोसी पुलिस क्लबले नगद २५/२५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

शनिबार देखि सुरुभएको आमन्त्रित फुटबल प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको थियो । लोहोरुङ क्लबले उद्यौली पर्वको अवसरमा बार्षिकरुपमा फुटबल प्रतियोगिता गर्दै आएको छ ।

गाेल बराबरी पछिकाे ट्राइब्रेकरकाे भिडियाे यहाँ हेर्न सकिन्छ ।

 

सम्बन्धित समाचार