एपिएफले जित्यो तीनपोखरी कप फुटबलको उपाधि



खाँदबारी । प्रथम तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि एपिएफ पकलीले हात पारेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका -७ मा रहेकाे खाँदबारी रंगशालामा भएको प्रतियोगितामा सित्तलपाटी फुटबल क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै एपिएफ विजयी भएको हो ।

उपाधि सँगै एपिएफले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँया र ट्रफी प्राप्त गरेको छ । उपविजेता सित्तपाटीले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ । सेमिफाइनलिष्ट भङ्साबारी फुटबाल क्लब र इटहरी फुटबल क्बलले प्रति टिम २७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेका छन् ।

भङ्साबारीलाई एपिएफ र इटहरीलाई सित्तलपाटीले हराएको थियो । प्रतियोगितामा उत्कृष्ठ किपर एपिएफका सुजन विक, सर्वाधिक गोलकर्ता सित्तपाटीका मिलन चाम्लिङ र उत्कृष्ठ खेलाडी एपिएफका उज्वल चौधरी भएका छन् ।

तीनपोखरी समाज विकास क्लबले माघेसङ्क्रान्तीको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । विहिबारबाट सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार