खाँदबारी । ईलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा सङ्खुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तब्य ज्यान मुद्धामा २० बर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई ईलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।
तामाङले २०६० साल फागुन १० गते स्थानीय मंगल लिम्बु र योगेन्द्र दाहाललाई खुकुरी प्रहार गरेर मारी गाउँ नजिकैको बतासे भन्ने भिरबाट फ्याकेर फरार रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
उक्त घटनापछि फरार भएका तामाङ विभिन्न समयमा विभिन्न ठाउँमा लुकिछिपि बस्दै आएकोमा पछिल्लो समय मोरङ्गको केराबारीमा रहेको सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
तामाङलाई विहिबार जिल्ला अदालत चैनपुर उपस्थित गराईएपछि कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय खाँदबारी पठाईएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया