पोक्लाबुङमा फागुन १२ देखि चौथो पोक्लाबुङ्ग फुटबल कप हुँदै



खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी पोक्लाबुङ्ग स्थित पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

विगतका वर्षहरू जस्तै यस पटक पनि पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो । आगामी फागुन १२ गतेबाट प्रतियोगिता शुरु भई १५ गते समापन हुने आयोजक पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबका सचिव किरण लिम्बुले जानकारी दिए ।

उनले पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू ३० हजार सहित ३ वर्षे रनिङ शिल्ड, कप, मेडल र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार रू २० हजार, कप, मेडल र प्रमाण पत्र रहेको छ ।

सम्बन्धित समाचार