चिचिलाका तिलक राई, जस्ले जिते ‘धरान रन यु १६’ को उपाधी



खाँदबारी । चिचिला गाउँपालिका ३ खर्सुका तिलक राईले सनिबार धरानमा सम्पन्न १२ औँ धरान रनको ‘अण्डर सिक्सटिन’ (१६ बर्ष मुनिका) प्रतियोगिताको उपाधि जितेको छ । राईले सो विधाका २ सय प्रतिष्पर्धीहरुलाई पछि पार्दै उपाधी जितेको हो ।

उनले १० किलोमिटर दुरीलाई ४० मिनेट ३४ सेकेण्डमा पार गर्दै उपाधि जितेको हो । विजेता बनेका राईले नगद ७ हजार, प्रमाणपत्र लगायतका पुरस्कारहरु प्राप्त गरेको छ ।

राई चिचिला गाउँपालिका वडा नम्बर ३ स्थीत जालपा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक नुदन राईले जानकारी दिनुभयो । १५ बर्षीय राईले हालै सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पनि १५ सय र ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेको थियो ।

राईको बुवा यस अघि नै वितिसकेका छन् । उनको परिवार आमाको अबिभावकीय संरक्षणमा चल्दै आएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार