मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफले जित्यो



खाँदबारी । सङ्खुवासभामा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधी एपिएफले जितेको छ । सनिबार सम्पन्न फाईनल खेलमा गण्डकी प्रदेशलाई हराउँदै एपिएफले उपाधी जितेको हो ।

विजेता एपिएफले ‘बेष्ट अफ फाईप’ अन्तर्गत ३ सेट जित्दै उपाधि जितेको हो । पराजित भएका गण्डकी प्रदेशले एक सेट मात्र जितेको हो । जम्मा २ पोल मध्ये ‘ए’ पोलबाट विजेता बनेर आएको नेपाल पुलिस क्लवलाई हराउँदै गण्डकी प्रदेश फाईनलमा पुगेको थियो । त्यस्तै, ‘ए’ पोलबाट उपविजेता बनेर आएको त्रिभुवन आर्मी क्लवलाई हराउँदै एपिएफ क्लव फाईनलमा पुगेको थियो ।

प्रतियोगितामा नेपाल पुलिस क्लव तेश्रो भएका छन् । नेपाल आर्मी क्लवलाई हराउँदै पुलिस तेश्रो बनेको हो । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी एपिएफका विजय थापा घोषित हुनुभएको छ । त्यस्तै सवोत्कृष्ठ स्पाईकर गण्डकीका रबी केशी, सर्वोत्कृष्ठ ब्लकर गण्डकीका सरोज बर्देवा, सर्वोत्कृष्ठ डिफेण्डर एपिएफका बिनोद चन्द घोषित भएका छन् । त्यस्तै, सर्वोत्कृष्ठ सर्भर गण्डकीका विश्वास अधिकारी, सर्वोत्कृष्ट सेटर एफिएफका लोकेन्द्र गिरीर सवोत्कृष्ठ कोच एपिएफका पुष्पजंग मल्ल घोषित भएका छन् ।

उपाधि विजेता एपिएफले नगद ३ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता गण्डकी प्रदेशले १ लाख पचास हजार रुपैयाँ प्राप्त गरेको छ । तेश्रो हुने पुलिस क्लवले ५० हजार रुपैयाँ र चौँथो हुने आर्मीले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । सर्वोत्कृष्ठ खेलाडीले नगद २५ हजार र अन्य विधागत सर्वोत्कृष्ठ खेलाडीहरुले जनहि नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिता फागुन १५ बाट सुरु भएको थियो । कोशी खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ सङ्खुवासभाको संयोजनमा आयोजित प्रतियोगितामा ५ प्रदेश र ३ विभागीय टिमको सहभागीता रहेको थियो । ७ प्रदेश मध्ये मधेस र बागमती प्रदेशको अनुपस्थिती रहेको हो ।

सम्बन्धित समाचार