राष्ट्रिय बाणिज्य बैँकले हिमाविलाई दियाे १० थान कम्प्यूटर



खाँदबारी । राष्ट्रिय बाणिज्य बैँकले खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयलाई १० कम्प्यूटर उपलब्ध गराएकाे छ । आईतबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि कम्प्यू हस्तान्तरण गरेकाे हाे ।

बैंककाे प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरण कुमार श्रेष्ठकाे उपस्थितिमा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण गरिएकाे हाे । विद्यालयकाे तर्फबाट विद्यालय ब्यावस्थापन समिति अध्यक्ष शेरबहादुर पराजुली, शिक्षक अबिभावक संघका अध्यक्ष सुनिता गुरुङ, खाँदबारी नगरपालिका १ का अध्यक्ष समेत रहनुभएका बिद्यालय ब्यावस्थापन समिति सदस्य निरञ्जन श्रेष्ठ, प्रधानाध्यापक बीरबहादुर राई लगायतले ग्रहण गरेका थिए ।

बैँकले आफुले आर्जन गरेकाे मुनाफाबाट निश्चित रकम छुटाएर सामाजिक क्षेत्रमा खर्च गर्ने गरेकाे छ । उक्त रकमबाट विद्यालयलाई कम्प्युटर प्रदान गरेकाे बैंकका सिईओ किरण कुमार श्रेष्ठले जानकारी दिनुभयाे । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धेरैबाट प्रस्तावना पेश हुन्छ, त्यस मध्येबाट उपयुक्त तथा अत्यावश्यक रहेकाेलाई प्राथमिकतामा दिईने सिईओ श्रेष्ठले जानकारी दिनुभयाे । हिमालय मावि सङ्खुवासभाकाे सदरमुकाममा भएकाेले विद्यार्थी चाप बढि हुने हुँदा शैक्षिक ब्यवस्थापनमा सहयाेग पुग्ने गरि यस पटक सहयाेग गरिएकाे श्रेष्ठले जानकारी दिनुभयाे ।

विद्यालयका सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी भरत कुलुङका अनुसार विद्यालयले गत असारमा बैंकमा प्रस्तावना पेश गरेकाे थियाे । साे अनुसार बैँकले कम्प्यूटर उपलब्ध गराएकाे उहाँले जानकारी दिनुभयाे । विद्यार्थी संख्या धेरै भएकाेले कम्प्यूटर विषय अध्यापन गर्न पर्याप्त साधन नभएकाेले प्रस्तावना पेश गरिएकाे कुलुङले जानकारी दिनुभयाे । अब भने एकै पटक ५५ जना विद्यार्थीहरुलाई कम्प्युटर पढाउन सकिने उहाँकाे भनाई छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा ऐच्छिक विषय कम्प्यूटर राखिएकाे छ भने कक्षा ११ र १२ मा सामान्य शुल्कमा कम्प्यूटर अध्यापन गराईदै आएकाे छ ।

राष्ट्रिय बाणिज्य बैँकले यस अघि पनि सङ्खुवासभाकाे भाेटखाेला लगायतका दुर्गम विद्यालयहरुमा समेत सहयाेग गरेकाे थियाे । हस्तान्तरण कार्यक्रममा सिईओ सहित प्रदेश र जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

यस पटक बैँकले ६ लाख ६० हजार रुपैयाँ रकम बराबरकाे सहयाेग गरेकाे हाे । बैँककाे याे सहयाेग प्रति आभार ब्यक्त गर्दै विद्यालयले सम्मान बैँकलाई सम्मान समेत गरेकाे छ ।

 

सम्बन्धित समाचार