एमाले सङ्खुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत, अधिकांशमा निर्वाचन



खाँदबारी । नेकपा एमाले सङ्खुवासभाको नवौं जिल्ला अधिवेशनबाट खड्ग राई सर्वसम्मत चयन भएका छन् । सोमबारदेखि जिल्ला समन्वयन समितिको हलमा सुरुभएको नवौँ जिल्ला अधिवेशनको बन्दसत्रले राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

अध्यक्ष पदमा चैनपुर नगरपालिका पुर्व मेयर तथा नेता भरत खत्रीले उम्मेद्वारी फिर्ता लिएसंगै राई सर्वसम्मत भएका थिए । उपाध्यक्ष, सचिव, उपसचिव, महिला उपसचिव र केही सदस्य मा निर्वाचन भएको थियो । उपाध्यक्षमा शान्तिकुमार दाहाल, सचिवमा गोपाल श्रेष्ठ, उपसचिवमा लेखनाथ बुढाथोकी, उपसचिव (महिला)मा सुनिता कटुवाल निर्वाचित भएका हुन् ।

भौगोलिक क्षेत्र सदस्य तर्फ मादी नगरपालिका, सभापोखरी र चैनपुर नगरपालिका दुई जना सदस्य बाहेकका अन्य सदस्यहरुमा निर्वाचन भएको थियो । समावेशी क्षेत्र सदस्य र खुल्ला सदस्यमा पनि निर्वाचन भएको प्रमुख निर्वाचन अधिकृत अधिबक्ता भविश्वर गुरुङले जानकारी गराए ।

नेकपा एमाले सङ्खुवासभाको लेखा आयोग अध्यक्षमा दलबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण लिंथेप, सचिवमा टेकराज त्रिताल सर्वसम्मत चयन भएका हुन् । सदस्यमा पार्वती दाहाल, विष्णुप्रसाद दाहाल र टेकबहादुर श्रेष्ठ चयन भएका छन् ।

९० जनाको पदाधिकारी भएको जिल्ला कमिटि निर्वाचिन भएको हो । अधिवेशन नेकपा एमाले पार्टी सचिव रघुवीर महासेठ उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार