अनेसासको आठौं अन्तर्राष्ट्रिय सम्मेलन शुरु, विश्वभरका नेपाली साहित्यकारहरु पोर्चुगलमा 



लिस्वन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजना गरिएको आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन पोर्चुगलमा शुरु भएको छ ।

मार्च ८ बाट शुरु भएको सम्मेलन मार्च १० सम्म सञ्चालन हुनेछ । सम्मेलनमा स्रस्टा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा अनेसासका पदाधिकारी, सदस्यहरु, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहेको महासचिव एनबी अन्जानले बताए ।

प्रत्येक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको साहित्य समाजले विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीहरूको सम्मेलनमा सहभागिता रहेको छ ।

सम्बन्धित समाचार