संखुवासभाको चैनपुरमा बसले किच्दा सहचालकको मृत्यु



संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टमा बसले किच्दा एकजनाको मृत्यु भएको छ ।

बसले किचेर धनकुटा नगरपालिका–६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। उनी सोही बसका सहचालक हुन् ।

चैनपुरको नुनढाकीबाट ईटहरीतर्फ जाँदै गरेको बसको ढोकाबाट झर्दा पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाइते भएका थिए ।

सहचालक खड्काको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय कुमार उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार