सङ्खुवासभाकाे मादीमा भाेलीदेखि राष्ट्रिय ब्याटमिन्टन प्रतियाेगिता हुँदै, सम्पूर्ण तयारी पुरा



खाँदबारी । सङ्खुवासभाकाे मादी नगरपालिकाकाे आयाेजनामा तेश्राे राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियाेगिता भाेलीबाट सञ्चालन हुने भएकाे छ । मादी नगरपालिकाकाे कभर्ड हलमा भाेली चैत्र ९ बाट ११ गतेसम्म प्रतियाेगिता सञ्चालन हुने भएकाे हाे ।

यस पटक ३ विधामा प्रतियाेगिता सञ्चालन हुन लागेकाे हाे । मेन्स डबल, वमेन्स डबल र मेन्स डबल भेटेरेन्स गरि ३ विधामा खेल सञ्चालन हुन लागेकाे हाे । यस पटककाे प्रतियाेगितामा स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरुकाे सहभागितामा पनि रहने खेल संयाेजक लक्षमण लिङ्थेपले जानकारी दिनुभयाे । सहभागि टिमहरु बुधबार दिउँसाे भित्रमा यकिन हुने र साँझसम्ममा खेल तालिका सार्वजनिक हुने लिङ्थेपले जानकारी दिनुभयाे ।

याे प्रतियाेगिता सङ्खुवासभा जिल्लाकै ठुलाे आयाेजना मध्येकाे एक हाे । मेन्स डबल प्रतियाेगिताकाे विजेताले एक लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाईनलमा प्रवेश गर्ने बाँकी २ टिमलाई पनि प्रति टिम १९ हजार रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

वमेन डबल तर्फकाे विजेताले नगद ५६ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस विधाकाे पनि सेमिफाईनल प्रवेश गर्ने बाँकी दुवै टिमलाई प्रति टिम १२ हजार पाँच सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

मेन्स डबल भेटेरान्स तर्फकाे विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस विधामा पनि सेमिफाईनल खेल्ने बाँकी दुवै टिमले प्रति टिम नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे प्रतियाेगिता सञ्चालन समितिका सदस्य खगेन्द्र कार्कीले जानकारी दिनुभयाे । प्रतियाेगिताकाे लागि सवै अफिसियलहरु आईसकेकाे  र खेलाडीहरु पनि आउने क्रम जारी रहेकाे उहाँले जानकारी दिनुभयाे ।

मादी नगरपालिकाले विगत ३ बर्षदेखि पृथक पहिचान: मादी नगरपालिकाकाे सान भन्ने नारा सहित ब्याटमिन्टन प्रतियाेगिताकाे आयाेजना गर्दै आएकाे छ । अन्य स्थानीय तहहरुले फुटबल, भलिबल जस्ता खेलहरुलाई बढी प्राथमिकता दिईरहँदा मादीले भने ब्याटमिन्टनलाई थप प्राथमिकता दिएकाे नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिनुभयाे । अन्य खेलकुदलाई पनि समेट्दै ब्याटमिन्टन खेललाई राष्ट्रिय प्रतियाेगिताकाे रुपमा आयाेजना गरिदै आएकाे नगर प्रमुख लिङ्थेपले जानकारी दिनुभयाे ।

 

सम्बन्धित समाचार