विश्वको सर्वोच्च शिखरमा कुलुङ विद्यार्थी संघको झण्डा



खाँदबारी । विश्वको सर्वोच्च शिखर सगरमाथामा कुलुङ विद्यार्थी संघको झण्डा फहराइएको छ।

आरोहि एवम् पथप्रदर्शक जनकराम कुलुङले बैशाख ३१ गते विहान सगरमाथाको चुचुरोमा झण्डा पर्याएर फहराएका हुन् ।
कुलुङ सहितको टोली सगरमाथा आरोहणका लागि गत चैत २४ गते काठमाडौंबाट प्रस्थान गरेका थिए।

वैशाख २१ गते आधार शिविरबाट हिँडेको टोली २०८० वैशाख ३१ गते विहान ७ः३० बजे सफल आरोहण गर्दै सगरमाथाको चुचुरोमा पुगेका थिए।

विश्वको सर्वोच्च शिखरमा कुलुङ विद्यार्थी संघको झण्डा पुर्याएर फहराउने आरोहि कुलुङ प्रति कुलुङ विद्यार्थी संघका केन्द्रीय अध्यक्ष समिप कुलुङले आभार ब्यक्त गर्नुभयो ।

‘कुलुङ विद्यार्थी एकता पहिचानमा आधारित मातृभाषामा शिक्षा आजको आवस्यकता’ भन्ने कुलुङ विद्यार्थी संघको नारालाई सार्थक बनाउन सहयोग पुगेको उहाँले प्रतिकृया दिनुभयो ।

सम्बन्धित समाचार