सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे, १४ लाख बराबरकाे क्षति



खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए ।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिइन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् ।

उक्त घटनाको प्रहरी र गाउँपालिकाको प्रतिनिधिहरुबाट स्थलगत अनुगमन समेत गरिसकिएको प्रहरी निरिक्षक लामिछानेले जानकारी दिए । यस घटनाबाट १४ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले जानकारी दिए ।

सम्बन्धित समाचार