पाँच बर्षपछि खुल्यो किमाथाङका नाका



खाँदबारी । कोरोना भाईरसको संक्रमण पश्चात बन्द भएको नेपाल र चिन विचको किमाथाङ्का नाका सनिबारबाट खुलेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले तिब्बतको छेन्ताङमा आयोजित कार्यक्रमबाट नाका पुनः सञ्चालनमा आएको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाकाहरु नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट पुनः सञ्चालनमा आएको हो । कोरोना संक्रमण फैलने डरले चीन सरकारले १४ वटा उत्तरी नाका २०७६ मा बन्द गरेको थियो । दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफलपछि औपचारीक कार्यक्रमको आयोजना गरि नाकाहरु खुल्ला भएको घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थीत सुरक्षा निकायका प्रमुखहरु लगायतको टोली किमाथाङ्का हुँदै तिब्बतको छेन्ताङ पुगेका थिए । त्यहाँ आयोजित कार्यक्रममा चिनिया प्रतिनिधि र मन्त्री श्रेष्ठले संयुक्त रुपमा १४ वटै नाका खुल्ला भएको घोषणा गरेका हुन् ।

तिब्बतको कार्यक्रमपछि तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले आफ्नो चिन भ्रमणको क्रममा भएका सहमतिहरु क्रमस कार्यन्वयन भईरहेको जानकारी दिनुभयो । नेपाली नागरिकहरु चिन जाँदा भिजा शुल्क नलाग्ने निर्णय मे १ बाट कार्यन्वयनमा आएको जानकारी दिनुभयो । त्यस्तै, ल्हासाबाट सामान ल्याउँदा सिमा क्षेत्रबाट सवारी साधन परिवर्तन गर्नु पर्ने बाध्यता हटाई हाल सोझै सोहि साधनबाट गन्तब्यमा पर्याउने सहमति कार्यन्वयन भईसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार