प्रधानाध्यापकहरुकाे सम्मेलनबाट कुबेर भेटुवालकाे नेतृत्वमा जिल्ला कमिटि गठन



खाँदबारी । सङ्खुवासभाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । मनकामना रत्न अम्विका माध्यामिक विद्यालय तुम्लिङटारमा सनिबार सम्मेलन सम्पन्न भएको हाे।

सम्मेलनले कुबेरप्रसाद भेटुवालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमितिकाे उपाध्यक्षमा लालबहादुर खत्री, सचिवमा माेहनसिंह राई, काेषाध्यक्षमा रामबहादुर भण्डारी र सहसचिवमा प्रेम कुमार तामाङ चयन भएका छन् । अन्य २० जना प्रधानाध्यापकहरुलाई भुगाेल समेट्दै कार्यसमिति सदस्यमा चयन गरिएकाे अध्यक्ष कुबेर प्रसाद भेटुवालले जानकारी दिनुभयाे ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपालमान भण्डारी, खाँदबारी नगरपालिकाका शिक्षा अधिकृत दिपक घिमिरे, प्रधानाध्यापक संघ कोशी प्रदेश कोषाध्यक्ष रामकुमार चर्माकार लगायतकाे उपस्थिति रहेकाे थियाे । निर्वाचित समितिलाई रामकुमार चर्माकरले सपथ ग्रहण  तथा प्रमाणपत्र  वितरण गर्नु भएको थियो ।

के हाे प्रधानाध्यापक संघ र यसले के गर्छ ? भन्ने बारेमा तयार गरिएकाे जानकारीमुलक भिडियाे यहाँ हेर्न सक्नुहुनेछ ।

 

सम्बन्धित समाचार