प्रेस युनियन संखुवासभाले मनायाे ३३ औँ स्थापना दिवस



खाँदबारी । नेपाल प्रेस युनियन जिल्ला कार्य समितिले आफ्नाे ३३ औँ स्थापना दिवस मनाएकाे छ । पत्रकार महासंघ संखुवाभाकाे कार्यालयमा अन्तरकृया तथा चियापान कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे हाे ।

युनियन अध्यक्ष दिपेन्द्र शाक्यकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका कार्यबाहक सभापति अनन्त गाैली प्रमुख अतिथि रहनुभएकाे थियाे । त्यस्तै नेपाली कांग्रेस काेसी प्रदेश कार्य समिति सदस्य राजेन्द्र घले, खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, नेपाली कांग्रेस संखुवासभा सचिव टकमान घले लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरी, प्रेस चाैतारी संखुवासभाका अध्यक्ष प्रेम प्रसाद निराैला, प्रेस सेन्टर अध्यक्ष अनिश विष्ट, प्रेस युनियन संखुवासभाका पुर्व अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियन काेसी प्रदेश समितिका सदस्य मेघराज तामाङ लगायतले आफ्नाे विचार राख्दै शुभकामना ब्यक्त गरेका थिए । पछिल्ला समयमा सञ्चार माध्ययम र पत्रकारहरुलाई हरेक काेणबाट आक्रमण भईरहेकाेले त्यस्काे विरुद्ध लाग्न सवै पत्रकारहरु एक जुट हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका नेताहरुले अहिलेकाे परिवर्तन ल्याउनमा पत्रकारहरुकाे भुमिकाकाे चर्चा गरेका थिए । सत्यतथ्य समाचार सम्प्रेसण गर्दागर्दै कसैले अवराेध गर्न खाेजे नेपाली कांग्रेसले त्यसकाे सधै प्रतिवाद गर्ने नेताहरुले बताएका छन् । पछिल्लाे समय सञ्चार माध्ययमलाई सरकारले गरिरहेकाे हमलाकाे पनि कांग्रेसले प्रतिवाद गरिरहेकाे बताएका छन् ।

युनियन अध्यक्ष दिपेन्द्र शाक्यले जिल्लाकाे ४ पत्रकारहरुकाे नाम केन्द्रले हटाउने खबर प्राप्त भएकाे भन्दै विराेध जनाउनुभयाे । स्थायी रुपमा कुनै पनि सरकारी सेवामा नरहेका पत्रकारहरुकाे नाम हटाए त्यस विरुद्ध आन्दाेलन गर्ने चेतावनी समेत दिनुभयाे । कार्यक्रममा बाेल्नुहुँदै उहाँले कत्तिपय कुराहरुमा जिल्लाकाे पत्रकारहरुकाे एकताकाे कमीका कारण विभिन्न समस्याहरु भाेग्नु परेकाे बताउनुभयाे । जिल्लाका पत्रकारहरु एक जुट भए जस्ताेसुकै परिस्थितिकाे पनि सामना गर्न सकिने उहाँले बताउनुभयाे ।

सम्बन्धित समाचार