कोशी प्रदेशस्तरीय ब्याडमिन्टन आज बाट सुरु



संखुवासभा–सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट  सुरु भएको छ ।

जिल्ला व्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा खुला तर्फ विभिन्न प्रदेशका ८ टिम सहभागी छन् ।

भेटान्स तर्फ कलकत्ता, दार्जिलिङ, सिक्किम र कोशीका ३० जोडी सहभागी छन् । त्यस्तै, कोशी प्रदेशका बी डिभिजनका ५४ जोडी प्रतियोगितामा सहभागी भएको संघका अध्यक्ष संजिवकुमार श्रेष्ठले बताए ।

प्रतियोगिता असार ६ बाट ८ गतेसम्म हुनेछ । प्रतियोगितामा पुरुष डबलतर्फ विजयी हुने टिमले ६० हजार नगद पाउने छन् भने उपविजेताले ३५ हजार पाउने छ । भेट्रान्सतर्फका विजयीले भने ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने छन् ।

 

सम्बन्धित समाचार