२७ मंसिरदेखि आठौँ पांमा कप फुटबल प्रतियाेगिता हुने



खाँदबारी । खाँदबारी नगरपालिका–४ पांमास्थित भगिवन्त रंगशालामा २७ मंसिरदेखि आठौँ पांमा कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरी आयोजक लोहोरुङ क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।

लोहोरुङ क्लव पांमाको आयोजनामा हुने आमन्त्रित फुटबल प्रतियोगितामा १० क्लबको सहभागिता रहने आयोजक लोहोरुङ क्लबले जानकारी गराएको हो ।

प्रतियोगिता मंसिर २७ देखि पुस १ पुससम्म सञ्चालन हुने क्लबका महासचिव छत्रमणि काफ्लेले जानकारी गराए । उक्त प्रतियोगितामा झापाको आर्दश युथ क्लब सहितका १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक ध्यानसिं राईले बताए । प्रतियोगिता सञ्चालनमा अनुमानित करिब १२ लाख ३७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका बिजयीले दुई लाख दुई हजार दुई सय २२, उपबिजेताले एक लाख एक हजार एक सय ११ र सेमिफाईनलमा पुग्ने २ टिमले जनहि २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । व्यक्तिगत तीन विधामा ५/५ हजार र म्यान अफ दि म्याचले एक हजार रुपैयाँ पाउँने छन् ।

प्रतियोगितामा लोहोरुङ क्लब, एडभान्स क्लब, खाँदबारी युथ क्लब, तुम्लिङटार स्पोर्टिङ क्लब, तिनपोखरी समाज बिकास केन्द्र, सेकाहा सामुदायिक बिकास केन्द्र, सभापोखरी फुटबल क्लब, मकालु फ्रेण्डस् क्लब, सितलपाटी फुटबल क्लब र आदर्श युथ क्लब झापा विच खेल हुने छ ।

लोहोरुङ क्लबले उद्यौली पर्वको अवसरमा बार्षिकरुपमा भगिवन्त रंगशालामा फुटबल प्रतियोगिता गर्दै आएको छ । उद्यौली पर्वको अवसरमा लाग्ने ढांडे बजारलाई लक्षित गनै प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना हुने गरेको छ । स्थानिय खेलकुदको विकास संगै समुदायको संस्कृतिलाई पनि उत्थान एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन हुन लागेको लोहोरुङ क्लवका अध्यक्ष प्रभुराम राईले बताए।

सम्बन्धित समाचार