प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाई



खाँदबारी । प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्षमा जनक चापागाई सर्वसम्मत चयन भएका छन् । आईतबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले चापागाईको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

नव गठित कार्यसमितीको उपाध्यक्षमा दिब्या कुमारी राई, सचिव रमा चाम्लिङ राई, कोषाध्यक्षमा कल्पना सुबेदी पौडेल र सहसचिवमा देशन राई चयन भएका छन् । नेकपा (एमाले) जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख लेखनाथ बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको अधिबेसनमा प्रचार बिभाग प्रमुख तथा प्रेस चौतारी नेपालका जिल्ला ईन्चार्ज नबिन दाहाल, कोशी प्रदेश प्रचार बिभाग सदस्य नारायण कटुवाल, नेपाल पत्रकार महाँसंघ प्रदेश सदस्य ईन्द्र गीरी, जिल्ला अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियनका अध्यक्ष दिपेन्द्र शाक्य, प्रेस सेन्टरका अध्यक्ष अनिष बिष्ट लगायत जिल्लाका क्रियाशिल पत्रकार तथा नेताहरुको उपस्थीती रहेको थियो ।

अधिबेसनले अग्रज पत्रकार नेता राजेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ । साथै प्रदेश प्रतिनिधिमा दुर्गा कटुवाल र समिक्षा मगर तथा केन्द्रीय प्रतिनिधिमा गंगा बिष्ट, प्रेम निरौला र यमुना गुरागाईलाई चयन गरेको छ ।

सम्बन्धित समाचार