भारतीय समकक्षीसँगै उर्जामन्त्री खड्काद्वारा अरुण तेश्रो जलविद्युत परियोजनाको अनुगमन



खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टरले अरुण तेश्रो जलविद्युत आयोजनाको अवलोकन गरेका छन् ।

मंगलबार विहान चिचिला गाउँपालिका ३ को पुखुवा स्थित पावर हाउस निर्माण क्षेत्रमा हेलिकप्टर मार्फत आएका मन्त्रीको टोलीले निर्माणाधिन पावर हाउसको अवलोकन गरेका थिए । त्यसपछि सोहि हेलिकप्टरबाट बाँध निर्माण क्षेत्र मकालु गाउँपालिका ५ को फ्याक्सिन्दा दोभान पुगेका थिए ।

उर्जा मन्त्री खड्काले अरुण तेश्रोको भौतिक प्रगति सन्तोषजनक रहेको प्रतिकृया दिएका छन् । २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्न भारतको ठुलो भुमिका रहने समेत मन्त्री खड्काले विश्वास ब्यक्त गर्नुभयो । नेपाल भारत विचको उर्जामैत्री सम्बन्धलाई थप प्रगाढ बनाउन आफुले भारतीय समकक्षीलाई दिएको निम्तो स्वीकार गरिदिएकोमा भारत सरकारका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टरलाई मन्त्री खड्काले धन्यवाद दिए ।

आयोजनाको विद्युत गृह निर्माण क्षेत्र र बाँध निर्माण क्षेत्रको अवलोकन पछि मन्त्रीको टोली काठ्माण्डौ फर्किएका छन् । अनुगमन टोलीमा भारतको तर्फबाट राजदुत नबीन श्रीवास्तव, उर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाटी लगायतका टोली सहभागी थिए । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली लगायतका अधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार