एनआरएनए,पोर्चुगलको महाधिवेशन जुन ८ मा हुने, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन



लिस्बन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलको आगामी जुन ८ तारिखमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गरेको छ । संघको गत मे २५ मा बसेको बैठकले उक्त समितिहरु बनाएको हो ।

महाधिवेशनलाई सफल बनाउन गम्भीरजंग गुरुङको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ भने चक्र गुरुङको संयोजकत्वमा विधान संसोधन तथा मस्यौदा समिति निर्माण गरेको छ । त्यसैगरी दीनेश खड्का व्यवस्थापन समिति, सरिता शर्मा अतिथि सत्कार, राजकुमार गुरुङ आर्थिक समिति, जयबहादुर केसी प्रचार समितिको संयोजक रहेका छन् ।

यसअघि सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले मे ३ र ४ मा संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन काठमाडौं सम्पन्न गरिसकेको छ । यसैको मूल मर्म सहमति, सहकार्य र एकतालाई अनुसरण गर्दै पोर्चुगलको राष्ट्रिय महाधिवेशन पनि सम्पन्न हुने संघका कार्यवाहक महासचिव दीपेश बिष्टले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार